म्याग्दी कांग्रेसको सभापतिमा खमवीर गर्वुजा निर्विरोध
काेराेला पोस्ट १ मंसिर २०७८, बुधबार

म्याग्दी १ मंसीर । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा (खमवीर) निर्विरोध चयन भएका छन् । बुधबार बेनीमा सुरु भएको ७ औं जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले जानकारी दिए । पुनः सभापतिमा निर्विरोध हुनुभएका गर्वुजा वर्तमान जिल्ला कार्यसमितिको समेत सभापति थिए ।

नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन जिससमा चलिरहदा उपसभापतिमा ६ जनाको मनोनयन दर्ता भएको छ । उपसभापतिमा कणर्बहादुर भण्डारी, माधवप्रसाद रेग्मी, क्याप्टेन डमबहादुर पुन, क्याप्टेन मिनबहादुर कार्की, हरिकुमार श्रेष्ठ र कमल छन्त्यालको उम्मेदवारी परेको छ ।

सचिब पदमा अजयमिलन श्रेष्ठ, भरत रकाल, दुर्गाराम सुवेदी र हिरा बहादुर पुनको उम्मेदवारी परेको छ । दुई जना निर्वाचित हुने सह-सचिब पदमा तीन जनाको उम्मेदवारी परेको छ । उक्त पदमा कोमल प्रसाद उपाध्याय, धुव्रराज कार्की र श्रीराम पौडेलले मनोनयन दर्ता भएको छ ।

त्यसैगरि अधिवेशनबाट महिलातर्फ जिल्ला सदस्यमा बेनी नगरपालिकाबाट मनकुमारी तुलाचन, अन्नपूणर् गाउँपालिकाबाट महिला सदस्यमा पुष्पा बानियाँ बरुवाल, धवलागिरि गाउँपालिकाबाट महिला सदस्य रामदेवी पुन, अन्यतर्फको सदस्यमा काजिमान रोका, मालिका गाउँपालिकाबाट मनरुपा पुन र अन्यतर्फको जिल्ला सदस्यमा मालिका गाउँपालिकाबाट चुनु पुन, मंगला गाउँपालिकाबाट महिलातर्फको जिल्ला सदस्यमा युगकुमारी सेन, खसआर्यतर्फको महिला सदस्यमा लक्ष्मीकुमारी केसी निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरि महाधिवेशन प्रतिनिधितर्फ आपांग अन्यतर्फ सुरेन्द्र खत्री निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।