जिसीको नेतृत्वमा एमाले बेनी नगर कमिटी सर्वसम्मत
काेराेला पोस्ट ११ कार्तिक २०७८, बिहिबार


म्याग्दी ११ कात्तिक । नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा नारायण जिसी चयन भएका छन् । मंगलवारदेखि बेनीमा सुरु भएको प्रथम नगर अधिवेशनबाट सर्वसम्मत रुपमा जिसीको अध्यक्षतामा ८३ सदस्यीय नगर कमिटी चयन गरिएको हो ।

अधिबेशनबाट उपाध्यक्षमा लिलाराम गौतम, सचिबमा सुवास विश्वकर्मा, उपसचिबमा लक्ष्मण कटुवाल र हिरा बहादुर थापा चयन भएको एमाले म्याग्दीको सचिवालयले जानकारी दिएको छ ।

अध्ययक्षका दावेदार चन्द्र केसीले समेत जिसीलाई नै समर्थन गरेपछि जिसीलाई सर्वसम्मत रुपमा नगर अध्यक्ष बन्ने बाटो खुलेको थियो ।

नेकपा एमालेको पालिका अधिवेशनबाट धवलागिरिमा होम बहादुर थापा, मालिकामा बेगप्रसाद गर्वुजा, मंगलामा सतप्रसाद रोका र रघुगंगामा प्रेमबहादुर कार्की (दिपक) पालिका कमिटी अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ भने अन्नपूणर् गाउँपालिकाको अधिवेशन केहि दिन पछि थकेलिएको छ ।