एमालेको चार पालिकामा नेतृत्व सर्वसम्मत, बेनीमा सहमति खोज्दै
काेराेला पोस्ट १० कार्तिक २०७८, बुधबार

म्याग्दी, १० कात्तिक। नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलवारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।

मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित भएका छन् ।

त्यसैगरि धौलागिरि गाउँपालिका कमिटीको प्रथम अधिवेशनबाट होम बहादुर थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटीको उपाध्यक्षमा राजाराम सुबेदि,सचिबमा रेशम छन्त्याल, उप सचीवहरुमा बिजय घर्ती र तिलक पुनलाई चयन गरिएको छ ।

रघुगंगा गाउँपालिकामा दिपक कार्कीको अध्यक्षतामा ५८ सदस्यीय एमालेको पालिका कमिटीकोे उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन भएको छ ।

नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजाको नेतृत्वमा ६१ सदस्यीय पालिका कमिटि गनठ भएको छ । कमिटीको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी सन्तोष, उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिईन ।

बेनी नगरपालिकामा भने नेतृत्वको लागी बुधबार सम्मपनि सहमति हुन सकेको छैन । बेनी नगर कमिटिको अध्यक्षका लागि नारायण जिसी, चन्द्र कुमार केसी विच नेतृत्व टुंग्याउन छलफल चलिरहेको छ । अन्नपूणर् गाउँपालिका कमिटीका अध्यक्ष उपचारको क्रममा काठमाण्डौ रहेकाले अधिवेशनको मिति तय भएको छैन् । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा अहिलेसम्म एमालेको ४२ वटा वडा र चार गाउँपालिकामा नेतृत्व चयन भएको छ ।