एमालेको मंगलामा रोका र धवलागिरिमा थापा अध्यक्षमा चयन
काेराेला पोस्ट १० कार्तिक २०७८, बुधबार


म्याग्दी १० कात्तिक । नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी सर्वसम्मत निर्वाचित भएको छ । कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित हुनुभएको छ ।

त्यसैगरि एमालेको धौलागिरि गाउँपालिका कमिटीको प्रथम अधिवेशनबाट होम बहादुर थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा राजाराम सुबेदी, सचिबमा रेशम छन्त्याल, उप-सचीवहरुमा बिजय घर्ती र तिलक पुनलाई चयन गरिएको छ ।

एमाले म्याग्दीको मालिकामा बेगप्रसाद गर्वुजा र रघुगंगामा दिपक कार्कीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने बेनीमा बुधवार सम्मका लागि अधिवेशन स्थगीत भएको छ । अन्नपूणर् गाउँपालिका कमिटीका अध्यक्ष उपचारको क्रममा काठमाण्डौ रहेकाले अधिवेशनको मिति तय नभएको जनाइएको छ ।