एमाले बेनी नगरको नेतृत्वमा जिसी, थापा र केसीको दावि
काेराेला पोस्ट ९ कार्तिक २०७८, मंगलबार


बेनी, ९ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले बेनी नगर कमिटीको नेतृत्वमा तीन जनाको दावि छ। मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार सहमतिमा नगर नेतृत्व छनोट गर्ने भएको हो ।

बेनीनगर कमिटिको नेतृत्वका लागि नारायण जिसी, राजकुमार थापा र चन्द्रकुमार केसीको दावी रहेको छ । त्यस्तै उपाध्यक्षका लागि राजेन्द्र कुमार श्रेष्ठ र लिलाराम गौतम, सचिवका लागि कृष्णसिंङ बानीयाँ र सुवास विश्वकर्माले दावी गरेका छन् ।

आकांक्षीहरु विच सहमतिका लागि छलफल भइरहेको छ, अन्तिम समयसम्म सहमति नभए लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गरिने जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।