म्याग्दी । नेकपा एमाले मालिका गाउँपालिका कमिटी अध्यक्षमा बेग प्रसाद गर्वुजा सर्वसम्वत निर्वाचित भएका छन् । गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजाको नेतृत्वमा ६१ सदस्यीय पालिका कमिटि गठन भएको छ
कमिटीको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी सन्तोष, उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिईन ।
निर्बाचित पदाधिकारीहरुलाई नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य नवराज शर्माले सपथ ग्रहण गराएका थिए । बेनी नगरपालिका, धवलागिरि, मंगला र अन्नपुणर् गाउँपालिकामा नेतृत्व आकांक्षी र नेताहरुविच कमिटी गठनको सहमति खोजिरहेका छन् ।




