म्याग्दी । दिपक कार्कीको नेतृत्वमा नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका कमिटी गठन गरिएको छ । मंगलबार मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की नेतृत्वमा ५८ सदस्यीय पालिका कमिटी गठन गरिएको हो ।
पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन गरिएको नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुबेदीले जानकारी दिए ।
नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्रबहादुर कटुवालले निर्वाचित कमिटीलाई सपथ ग्रहण गराएका थिए ।




