म्याग्दी, १४ असोज । म्याग्दीको अन्नपूणर् गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको टनेल ब्रेकथ्रुरु गरिएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि ३ हजार ५ मिटर लामो टने खन्ने कामलाई पूणर्ता पाएको हो ।
बाँध रहेको अन्नपूणर् गाउँपालिका ५ नम्बर वडा शिख र ६ नम्बर वडा घारको सिमा क्षेत्रमा पर्ने कुरीलाबगरबाट १ हजार ६०५ मिटर र आउटलेट रहेको घारको अमिलाकाफलबाट १ हजार ४ सय मिटर सुरुङ खनेपछि दुबैतर्फ जोडिएको आयोजनाका आवासिय इञ्जिनियर जोसेफ बज्राचार्यले बताए । उन्का अनुसार, टनेलको ब्रेकथ्रुरु भएसंगै आयोजनाको करिब ६२ प्रतिशत काम सम्पन्न भएको छ । २०७४ चैतबाट निर्माण सुरु भएको यस आयोजनाबाट आगामी असार मसान्तभित्रै विद्युत उत्पादन गर्ने गरि निर्माण कार्यलाई तिब्रता दिईएको छ ।
‘‘निकै लामो सुरुङलाई बिचमा अडिट विना नै दुई तर्फबाट मात्रै जोडिएको यो नेपालकै पहिलो टनेल भएको इञ्जिनियर बज्राचार्यले भने । आयोजनाको सिभिलतर्फ ६८, हाईडोमेकानिकलतर्फ ५६, इलेक्टोमेकानिकलतर्फ ५० र प्रशारण लाइनतर्फ २० प्रतिशत काम सकिएको छ । बाँधतर्फ ९८ प्रतिशत काम सकिएको यस आयोजनाको विद्युतगृहतर्फ पेनस्टक पाईप जडान सुरु भएको छ भने विद्युतगृहको पूर्वाधार निर्माण अघि बढेको सिभिल ठेकेदार कम्पनी साउथ एसियन इन्फास्ट्रक्चर प्रा.लिका आयोजना म्यानेजर धुव्र मिश्रले जानकारी दिए ।
सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई ४८५ मिटर अग्लो हेडबाट एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । म्याग्दी हाइड्रोपावर कम्पनि प्रवद्र्धक रहेको यस आयोजनामा नागरिक उर्जा बुटवल लिमिटेडले समेत लगानी गरेको छ भने एनएमबि बैँकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैँकले समेत लगानी गरेका छन् । कुल रु २ अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनाको कोरोनाको कारण लागत बढ्ने देखिन्छ ।
आगामी माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य अनुसार निर्माण सुरु भएको यस अयोाजनामा कोरोना लगायतका कारणले निर्माण कार्यमा केहि ढिलाई हुन पुगेपनि आगामी असार सम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरि निर्माण कार्यलाई तिब्रता आयोजनाका हाइड्रोकन्सल्ट इञ्जिनियरिङ्ग लिमिटेडका कार्यकारी अधिकृत मनोहर श्रेष्ठले बताए । विद्युतगृह रहने पोखरेबगरदेखि दाना सबस्टेशन सम्मको ८ किलोमिटर लामो ३३ केभिएको डबल सर्किट प्रशारण लाईनको काम समेत अघि बढेको छ ।




