पिप्लेमा वाईसीएल गठन
काेराेला पोस्ट १२ आश्विन २०७८, मंगलबार


म्याग्दी १२ असोज । नेकपा माओवादी केन्द्र निकट वाईसीएल नेपालले रघुगंगा गाउँपालिका-३ पिप्लेमा आयोजित भेलाबाट सुरेन्द्र मल्लको अध्यक्षतामा ११५ सदस्यीय वाइसीएलको वडा कमिटी गठन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा जगत विक र द्धितिय उपाध्यक्षमा गोपाल राना मगर, सचिबमा दिनेश चन्द, यशु परियार, सहसचिबमा रमेश बस्याल र सरस्वती मल्ल कोषाध्यक्षमा अस्मीक शाही रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जालीले मुलुकमा आएका परिवर्तन माओवादीकै एजेण्डा भएकाले माओवादीकै नेतृत्व र अगुवाईले मात्रै परिवर्तनका मुद्धा संस्थागत हुने बताए । उनले नयाँ संविधान, गणतन्त्र र संघीयता लगायतको रक्षा र विकास निर्माण र समृद्धिमा जनताले माओवादीलाई नै विश्वास गर्ने बताउदै युवाहरुले हरेक टोल टोलमा परिवर्तनको नेतृत्व गनुपर्नेमा जोड दिए ।

भेलालाई नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारी, वाइसीएल केन्द्रीय सदस्य नगेन्द्र केसी, जिल्ला संयोजक सन्दीप खत्री माओवादी केन्द्र म्याग्दीका आर्थिक विभाग प्रमुख रिम कटुवाल, अखिल क्रान्तिकारीका जिल्ला संयोजक रेशम कटुवाल लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन प्रकाश सुवेदीले गरेका थिए ।