म्याग्दी ९ असोज । नेपाली कांग्रेस मालिका गाउँपालिकाको सभापतिमा खिम पुन निर्बाचित भएका छन । दरबाङमा शनिबार भएको पालिका अधिवेशनबाट यसअघिको सभापति रहेका पुनको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो ।
उपसभापतिमा बिरेन्द्र पुन र मिम पुन, सचिबमा बिरेन्द्र किसान, ताराबहादुर रोका, सहसचिबमा श्यामबहादुर बुढाथोकी र अमृत सापकोटा निर्बाचित हुनुभएको छ । मालिकाको अधिवेशनमा जिल्ला सभापति खम्बिर गर्बुजा उपस्थित हुनुभएको थियो ।




