कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा
काेराेला पोस्ट ९ आश्विन २०७८, शनिबार


म्याग्दी, ९ असोज । नेपाली कांग्रेस रघुगंगा गाउँपालिकाको सभापतिमा मनकुमार शेरपुञ्जा सर्वसम्मत निर्वाचित भएका छन् । गाउँपालिकाको केन्द्र मौवाफाटमा शनिबार भएको प्रथम गाउँपालिका अधिवेशनबाट रघुगंगा गाउँपालिका-६ पाखापानीका वडा अध्यक्ष समेत रहनुभएका युवा नेता शेरपुञ्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो ।

अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी खड्का सुवेदी, मोहन तिलिजा, खिमबहादुर फगामी, सहसचिबमा भिमबहादुर कार्की, रिति थजाली र कोषाध्यक्षमा ओमकुमारी फगामी चयन हुनुभएको छ ।