विद्यार्थी नेता पौडेल अनेरास्ववियु गण्डकी प्रदेश संयोजकमा
काेराेला पोस्ट ३ आश्विन २०७८, आइतबार


म्याग्दी ३ भदौ । अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीको संयोजकमा म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेल चयन भएका छन् । शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूणर् बैठकबाट अनेरास्ववियूको गण्डकी प्रदेशको संयोजकमा पौडेल सर्वसम्मत भएका हुन् ।

अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष रहेका केन्द्रिय सचिबालय सदस्य पौडेललाई बैठकले स्थाइ कमिटी सदस्य तथा प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।

२०७१ साल पौषमा सम्पन्न जिल्ला अधिवेशनबाट २० बर्षकै उमेरमा जिल्ला अध्यक्षमा निर्वाचित रहेका पौडेल २०७२ मा भएको राष्ट्रिय महाधिवेशनमा धौलागिरिबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।