म्याग्दी, १७ भदौ ।नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनकोे मिति नजिकिएसंगै नेपाली कांग्रेस म्याग्दीको सभापतिमा आधा दर्जन नेताहरु आंकाक्षि रहेका छन् । पार्टीको १४ औँ महाधिवेशनको मिति नजिकिदै गएको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि आफ्नो पक्षका कार्यकर्ताहरुलाई प्रतिनिधिमा जिताएर ल्याउनमा सक्रिय भएका छन् ।
कांग्रेसको केन्द्रिय निर्वाचन कार्यतालिकाअनुसार १८ भदौ १८ गतदेखि एक संघीय, दुई प्रदेश निर्वाचन क्षेत्र, ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा आगामी असोज पहिलो साताभित्र काँग्रेसले नयाँ नेतृत्व छान्न नेताहरु जिल्लादेखि वडासम्म दौडधुप गरिरहेका छन् । काँग्रेसले गाउँ÷नगरको भदौ २८ गते, प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते र एक निर्वाचन क्षेत्र रहेका जिल्लाको असोज ५ गते अधिवेशनको कार्यतालिका बनाएको छ ।
म्याग्दीमा तोकिएका जिल्ला मुख्य निर्वाचन अधिकृत निरञ्जनराज भण्डारी निर्वाचन सामाग्री सहित जिल्लामा आएर आबश्यक तयारी सुरु गरेका छन् । म्याग्दी काँग्रेसले वडा अधिवेशनको निर्वाचनका लागि नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुलाई परिचालन गरेर वडामा तयारी सुरु भैसकेको जिल्लाका सह–सचिव भरत रकाले जानकारी दिए ।
केन्द्रबाट क्रियाशिल सदस्यता टुगीएर आइसकेको छ, मुख्य निर्वाचन अधिकृतले वडामा परिचालन हुने शिक्षकहरुलाई आबश्यक प्रशिक्षण र सहजीकरण गरेपछि आबश्यक सामाग्री सहित सबै वडामा निर्वाचन टोली परिचालन भइसकेको सह–सचिव रकालले जानकारी दिए । जिल्ला बाहिर रहेका पार्टीका नेताहरु समेत वडा अधिवेशनको लागि गाउँ फर्किएपछि चलहपहल समेत बढेको छ ।वडा तहमा निर्वाचन अधिकृतहरुको टुंगो लगाइसकिएको र उनीहरुलाई पार्टीको जिल्ला नेतृत्व र निर्वाचन अधिकृत मार्फत आबश्यक निर्देशन सहित निर्वाचन सामाग्री सहित परिचालनको तयारी भएको जिल्लाका सभापति खमविर गर्वुजाले बताए । म्याग्दीमा वडा अधिवेशनमा कुल २ हजार ८ सय ३९ जनाले भाग लिन पाउने छन् । काँग्रेसले सार्वजनिक गरेको क्रियाशिल सदस्यता विवरण अुनसार, बेनी नगरपालिकामा १ हजार ५४जना, रघुगंगा गाउँपालिकामा ४२१ जना, अन्नपूर्ण गाउँपालिकामा ३५८ जना, मंगला गाउँपालिकामा ४५९ जना, मालिका गाउँपालिकामा २७७ जना र धवलागिरि गाउँपालिकामा २७९ जना क्रियाशील सदस्य रहेका छन् ।
तीनै तहमा सभापति एक जना, उप–सभापति, सचिब र सह–सचिब दुई÷दुई जना प्रत्येक्ष निर्वाचित हुने र निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष मनोनित गर्ने गरि पदाधिकारीको छनौट गर्ने नयाँ प्रावधान राखिएको छ । वडा अधिवेशनले वडाका ८ जना पदाधिकारी र सदस्य समेत गरि २३ जनाको कार्यसमिति चयन गर्नेछ । त्यसैगरि वडाबाट पालिका, प्रदेश निर्वाचन र जिल्ला अधिवेशन प्रतिनिधिको रुपमा १५ जना र सभापती समेत गरि १६ जनालाई प्रतिनिधिको रुपमा छनौट हुनेछन् । वडाबाट छनौट भएका निर्वाचन प्रतिनिधिहरुले पालिका र प्रदेश निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनमा भाग लिने प्रवत्ता अजयमिलन श्रेष्ठले बताए । आगामी नेतृत्वका लागि जिल्लामा स्पष्ट दुई धारमा प्रतिस्पर्धा हुने संकेत देखिएपछि छ ।
काँग्रेसको जिल्ला नेतृत्वमा आधा दर्जनको दावेदारी छ । वर्तमान सभापति खमबहादुर गर्वुजा( खमवीर), निवर्तमान सभापति एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, सचिब मिनबहादुर कार्की, पूर्व सहसभापति नेत्रबहादुर महत, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्माले सभापतिमा दावि गर्नुभएको छ । यद्यपी अधिवेशनको मिति नजिकिएसंगै सभापतिका आकांक्षिहरुबिचमै पनि छलफल सुरु भएकाले अन्तिममा सहमती नभएमा वर्तमान सभापती गर्वुजा र निवर्तमान सभापति बानियाँको बिचमा मात्रै चुनाब हुनसक्ने आंकलन काँग्रेस नेता तथा कार्यक्रतामा छ । जिल्ला अधिवेशनले जिल्लाको नेतृत्व संगै केन्द्रिय महाधिवेशनको लागि २५ जना महाधिवेशन प्रतिनिधि समेत चयन गर्नेछ ।
सभापति दावेदारहरु मध्ये उपसभापतिमा आउने देखिएको छ। त्यस्तै जिल्लामा सचिवमा पदमा युवाहरुको दावि देखिएको छ। हालका सह–सचिव एवम् युवा नेता भरत रकालले सचिवमा दावि गरेका छन् । उनले जिल्लामा पाटीलाई अघि बढाउन सचिव पद नछोड्ने बताएका छन् । त्यस्तै सचिवमा जिल्ला सदस्य ओम छन्त्यालले दावि गर्दै पाटीभित्र छलफल गरिरहेको जानकारी दिए । कांग्रेसले जिल्लामा नयाँ नेतृत्व चयनका लागि अधिवेशन नजिकिएसंगै नेताहरु वडातहमा आफ्नो पक्षका नेता कार्यकर्ताहरुलाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् ।




