आगोलागीले न्युरोडका दुई पसल पुर्ण क्षति
काेराेला पोस्ट २६ श्रावण २०७८, मंगलबार

प्रकाश पौडेल
बेनी, २६ साउन। म्याग्दीको सदरमुकाम बेनी बजारको न्यूरोडमा मंगलबार विहान आगोलागिले दुई पसलको सामानहरु पुर्ण क्षति भएको छ । बेनी नगरपालिका– ८ स्थित न्यूरोडस्थित रहेको रघुगंगा डेरी र नयन नतिजा स्र्टोशको पसलमा आगोलागि हुदाँ लगभग १ करोड रुपैया क्षति भएको अनुमान छ ।

जीवनबहादुर विश्वकर्माको एकतले छाप्रोमा रहेको नयन नतिजा स्र्टोश र रघुगंगा डेरीमा विहान २ बजेदेखि सुरु भएको आगालागि साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगोलागी नियन्त्रणका लागि बेनी र बागलुङको दुइवटा दमकल, प्रहरी, सशस्त्र, नेपाली सेना र बजारबासीको सक्रियतामा आगोलागि नियन्त्रण भएको थियो ।

दुध तथा फलफूलको रघुगंगा डेरी र किरानासंगै खाद्यान्न स्र्टोश भएको नतिजा स्र्टोशको सम्पुर्ण सामानहरु जलेर नष्ट भएको छ । प्रहरीका अनुसार विद्युत सर्टका कारण आगोलागी हुनसक्ने अनुमान छ ।

डेरी र नयन–नतिजा स्र्टोश आगालागि हुदाँ करिव ७५ लाख देखि १ करोडसम्म क्षति भएको प्रहरी नायव निरिक्षक श्यामकुमार राईले बताए । उनले आगोलागिको कारण र दुई ब्यवसायीको कति क्षति भएको विवरण संकलन हुन बाकी रहेको जानकारी दिए ।
दमकलबाहेक नियन्त्रणका अन्य स्रोतहरु नहुदाँ आगोलागी दुईघण्टासम्म भएको थियो ।