म्याग्दी, १८ जेठ । कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लगडाउनले गर्मिको समयमा पाटीपौवासहित पिपल बोटको शितल चौतारी सुनसान बनेका छन् ।
पछिल्लो समय गाउँगाउँमा कोरोना फैलिएपछि गर्मिको समयमा रघुगंगा गाउँपालिका– २ सिरसिरेडाँडामा रहेको पिपलबोटको शितल चौतारीमा भेटघाट रोकिएको हो ।
सिरसिरेडाँडामा रहेको वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले आराम गर्ने, भेला, बैठक लगायतको कार्यक्तम यहाँ गरिन्छ । तस्विर : धिरन खत्री।




