भगवती कोत मन्दिरको पुननिर्माण सुरु
काेराेला पोस्ट ३ बैशाख २०७८, शुक्रबार


म्याग्दी ३ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण सुरु गरेको हो ।

विभागबाट मन्दिर पुननिर्माणको लागि मिलीजुली किवेष्ट जेभीले भ्याट सहित ६९ लाख ३० हजार ५६६ ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्तभित्रै योजना सम्पन्न गर्ने गरि कार्यक्षेत्रमा काम सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि राजिब ढुंगेलले बताए ।

२०७२ सालको भुकम्पका कारण र पुरानो संरचनाका कारण जिर्ण बन्दै गएको मन्दिरलाई पुरानै स्वरुपमा पुननिर्माण गरिने भगवती कोत मन्दिर पुजा ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ले बताए । मन्दिरमा आधुनिक निर्माण सामाग्रीको प्रयोग नगरिकन मौलिकतामै आधारित रहेर बनाउने योजना पुर्ननिर्माण गर्न निर्माण कम्पनी आग्रह गरेका छौँ ।

मन्दिर पुननिर्माणको लागि डिजाइन स्टीमेट तयार गर्दा नै भुकम्पप्रतिरोधि प्रविधि अवलम्बन गरिने र ढुंगा र काठकै सामाग्री प्रयोग गर्नेतर्फ जोड दिईएको पुजा व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा रहेका पुराना कोतमन्दिरहरुमा पर्ने यस भगवती कोत मन्दिरमा बडा दशैँको अवसरमा विषेश पुजा हुने गर्छ ।

धवलागिरी आईसफल पदमार्गले समेटिएको मन्दिरको धार्मिक ऐतिहासिक महत्वलाई प्रचार प्रसार गर्ने र पूर्वाधार निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईएको वडा अध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।यस कोटमन्दिरको इतिहास १७ औँ शताब्दीको विरासतसँग जोडिएको छ ।