मदानीमा नेतिले चर्चा बटुल्दै (भिडियोसहित)
काेराेला पोस्ट ३१ चैत्र २०७७, मंगलबार


म्याग्दी, ३१ चैत । पछिल्लो समय बजारमा आएको मदानीमा नेतीले चर्चा बटुलेको छ । गाउँले जीवनशैलीमा दैनिक प्रयोग हुने शब्दहरुलाई समेटेर मदानीमा नेति तयार पारिएको हो ।

नेपाली समाजमा हराउँदै गएको मौलिकता लाई शब्दमा समेट्दै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाज रहेको छ। गीत मा शब्द शरद पाण्डेले कोरेका छन् भने गीतको म्युजिक गायक परियार कै रहेको छ ।

राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ। गायक गायिका द्वयलाई प्रहरीको भूमिकामा पेस गरिएको भिडियो Baba Entertainment TV युट्युब च्यानलबाट बजारमा आएको छ । बजारमा आएको एकहप्तामा मदानीमा नेतीलाई एक लाख दर्शक बढीले हेरिसकेका छन् ।


दहीमा जति हाले नि पानी
बन्दैन मोही नेतीले नतानी
मदानीमा नेती