कोरोनाको कारण तातोपानी कुण्ड र धार्मिकस्थल बन्द
काेराेला पोस्ट १५ बैशाख २०७८, बुधबार


म्याग्दी, १५ बैशाख । कोभिड–१९ को दोस्रो लहरको तिव्र प्रकोपले गर्दा म्याग्दीका तातोपानी कुण्डहरु स्नान कार्य बन्द गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अघिकारीको अध्यक्षतामा बुधबार प्रशासनमा जिल्ला सुरक्षा समितिको बैठकलले जिल्लाका सबै तातोपानी कुण्डहरु बन्द गराउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रकाशित विज्ञप्तीमा गलेश्वरधाम मन्दिर लगायतका धार्मिकस्थल, सिंगा, भुरुङतातोपानी लगायतका कुण्ड, योग केन्द्र कवर्डहल बन्द गर्ने निर्णय छ ।

म्याग्दीमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको कारण भिडभाड हुने स्थल तत्काल बन्द गर्ने निर्देशन जारी गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

कोरानो संक्रमणको जोखिमका कारण प्रशासनले मेला, महोत्सव, सभा, समारोह लगायतको कार्यक्रममा स्थगित गराएको छ। बैशाख १५ गते देखि २८ गतेसम्म शैक्षिक संस्था बन्द गराएको छ। २५ जना भन्दा बढी जन्ति र मलामी सामेल नगराउन आग्रह समेत गरेको छ ।

तिव्र रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रदेखि लिएर मानिसहरूको जनजीवन नै अस्तव्यस्त बनाएको छ । अतिआवश्यक काममा घरबाहिर निस्कदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।