म्याग्दी, १२ बैशाख । म्याग्दीस्थित बग्ने कालीगण्डकी, रघुगंगा र म्याग्दी नदी र सहायक विभिन्न नदिहरुमा १८ वटा जलविद्युत आयोजना निर्माणधिन अबस्थामा रहेका छन् । निर्माणधिन १८ वटा जलविद्युत आयोजनामा ६६२ मेगावाट विद्युत उत्पादनको लक्ष छ ।

कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदिनहरुबाट समेत विद्युत उत्पादनको लागि दर्जनभन्दा जलविद्युत आयोजनाहरुले काम गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख देवन्द्रबहादुर केसीले बताए । अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा नेपाल विद्युत प्राधिकरणबाट उत्पादन भईरहेको दुई मेगावाट क्षमताको तातोपानी साना र घलेम्दी हाईड्रो लिमिटेडद्धारा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भइसकेका छन् भने नारच्याङमा मिस्त्रीखोलामा माउन्टेन ईनजी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना अन्तिम परिक्षणको चरणमा छ ।
निलगीरी खोला हाईड्रो पावर लिमिटेडले ३८ मेगावाटको निलगिरी जलविद्यूत आयोजना, ७१ मेगावाटका निलगिरी २, हाईड्रो सर्पोट प्रालिले दानामा ५३.५ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेगावाटको, हिम कन्सल्टले नारच्याङमा ६ मेगावाटको रेले खोला जलविद्युत आयोजना, कालिगण्डकी हाईड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट ग्रुपले ४ मेगावाटको रुप्सेखोला जलविद्युत आयोजना निर्माणको योजनामा रहेका छन् ।
धवलागिरी गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाईड्रो ईम्पायर प्रा.लिले अपर ३७ मेगावाटको अपर म्याग्दी जलविद्यूत आयोजना निर्माण गर्ने योजना सडकपहुच विस्तारमा लागेको छ। रघुगंगा नदिका निर्माणधिन चार जलविद्यूत निर्माणधिन भईरहेका छन् । ४० भेगावाटको राहुघाट जलविद्युत आयोजना, तुदी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले, तुदी पावर कम्पनीले ४८ मेगावाटको अपर राहुघाट जलविद्युत र सुयक्त उर्जा खोला प्रालिले २१. ३ मेगावाटको ठुलोखोला जलविद्युत आयोजना आयोजना निर्माणधिन छन् ।
म्याग्दीखोलामा धवलागिरी कालिका हाईड्रोपावर प्रालि २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत, अपर म्याग्दी हाईड्रापावर प्रालिले ५३.५ मेगावाटको अपर म्याग्दीखोला १ जलविद्युत आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् । जिल्लामा उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रीडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारण लाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारण लाइन निर्माणको चरणमा रहेको छ ।
रघुगंगा नदीमा ५ वटा जलविद्युत आयोजना
धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यसमा मिसिने अन्य खोलाहरुबाट करिब १५० मेगावाट क्षमतासहित ५ वटा जलविद्युत आयोजनाहरुले विद्युत उत्पादनको लागि निर्माणको चरणमा प्रवेश गरेका छन । चिमखोलाको बगरखोलामा ५.५ मेगावाट क्षमताको विद्युत उत्पादनका लागि मोना हाइड्रोवर लिमिटेडले विद्युत खरिद विक्रि सम्झौताको चरणमा पु¥याएको छ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणधिन यस नदिनमा २१.३ मेगावाट क्षमताको ठूलोखोला, ३५. ५ मेगाघाट क्षमताको राहुघाट मंगलेले समेत निर्माण कार्य सुरु गरेका छन भने ४८ मेगावाटको अपर राहुघाट जलविद्यूतको समेत ठेक्का लगाएर निर्माण कार्य प्रारम्भ गर्ने तयारी गरिएको छ ।
रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रा.लि.ले निर्माण गर्न लागेकोे २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनामा निर्माण पूर्वका कार्यहरुलाई अघि बढाएको छ । रघुगंगा नदिको चिमखोलामा तुँदी पावर कम्पनीले ३५.५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको पूर्वाधार निर्माण सुरु गरेको छ । तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरि ४८ मेगावाटको अपर राहुघाट जलविद्यूत आयोजना निर्माण गर्ने भएको छ ।
रघुगंगा नदिमा यस अघि नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वडानम्बर ४ दग्नाम र वडा नम्बर ५ को सिमा क्षेत्र बुग्लमा बाँध रहने यस आयोजनाको वडा नम्बर ३ पिप्लेको तिल्केनी चौरमा विद्युतगृह रहने गरि निर्माण कार्यलाई अघि बढाईएको छ । राहुघाटको करिब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।
रघुगंगाको विकट क्षेत्रमा जलविद्युत आयोजनाहरुको निर्माण सुरु भएसंगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भीरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्यमार्फत सडक पहुचँ आयोजनासम्म पु¥याएको छ । निरन्तर बगिराख्ने नदीमा आयोजना संचालन सुखद हो तर आयोजना निर्माण कम्पनीले ढिलासुस्ती गरेर स्रोतहरु ओगट्नेमात्र काम भएको हुदाँ सरोकारवालाहरुले निगरानीतर्फ ध्यान दिन स्थानीयको माग छ।




