बाबियाचौर सडक कालोपत्रे
काेराेला पोस्ट ९ चैत्र २०७७, सोमबार


म्याग्दी ९ चैत । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे गरिएको छ। गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रमा सडक कालोपत्रे गरिएको हो ।
बेनी नगरक्षेत्र बाहिर गाउँपालिका स्तरमा कालोपत्रे गर्नेे यो पहिलो योजना हो ।

गत बर्ष नै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसंगको सहमतीमा म्याद थप गरि सम्पन्न गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्रे गरिएको छ।

सडक कालोपत्रेसंगै बजार क्षेत्र सफा र चिटिक्क देखिएको छ । हिउँदमा धुलो र बर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्रे भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग बाणिज्य संघ बाबियाचौर इकाईका अध्यक्ष राजु पाण्डेले बताए ।

बावियाचौरसंगै जोडिएका ग्रामीण बस्तीहरुको सडकलाई स्तरोन्नतीमा प्राथमिकता दिदै सात वटा योजना ठेक्का प्रक्रियामा काम भईरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुङ्गानाले बताए । उनले यस आर्थि बर्षको दोस्रो चौमासिक सम्म १सय ३५ योजना मध्ये ९७ वटा योजना सम्झौता भएर काम सुरु भएको छ भने, २५ वटा योजना सम्पन्न भएको जानकारी दिए ।