म्याग्दी १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शनिबार धवलागिरी गाउँपालिका–७ ताकममा आभसभा गरेका छ । पछिल्लो राजनीतिक अवस्थाको बिषयमा आफ्नो समूहको धारणा कार्यकर्ता र जनतासमक्ष पु¥याउने नेकपा प्रचण्ड–नेपाल समूहको गाउँपालिका कमिटिले सभाको आयोजना गरेको हो ।

सभालाई सम्बोधन गर्दैै नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले बिदेशीको इशारामा जनमतको अपमान गर्दै संसद बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चले संसद पुनस्थापनाको पक्षमा फैसला गरेपछि सरकारमा बस्ने नैतिक अधिकार नभएको टिप्पणी गरे ।
बिधी, बिधान, पद्धती, संबिधान बिपरित स्वच्छाचारी दंगले ओलीले गरेको संसद बिघटनलाई सर्वोच्चको फैसलाले असंबैधानिक ठहर गरेपनि उनको गलत प्रवृतिको अन्य गर्न अझै लडाई भइरहेको बताए ।
नेकपाका सचिव बालकृष्ण सुबेदीले आफ्नो गुट र स्वार्थ समूहको लागि प्रधानमन्त्री ओलीले पार्टीको घोषणापत्र र प्रतिवद्धता बिपरित राजनीतिक अस्थिरता सिर्जना गरेर पार्टी र नेतालाई दोष दिएर उम्कन नपाउने बताए । “पुर्ब एमाले एमाले एकातिर, पुर्व माओवादी माओवादी एकातिर भन्ने भ्रममा नपर्नुहोला,” सुबेदीले भने “बहुमत केन्द्रिय सदस्य रहेको हाम्रो समूहले पार्टीको नाम र चुनाव चिन्हको आधिकारिकता पाउँछ । ”
नेकपा म्याग्दीका कार्यालय सदस्य रेशम जुग्जाली र राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्माले सत्यको पक्षमा उभिदै नेताको दास नबन्न कार्यकर्ताहरुलाई आग्रह गरे । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले सत्ता र शक्तिको दुरुपयोग नगर्न चेतावनी दिदै गलत प्रवृत्तिसँग गाउँपालिकामा पनि लडाई लडिरहेको बताए ।
नेकपा धवलागिरी गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुबेदीको अध्यक्षता, सचिव देउप्रसाद छन्त्यालको सञ्चालन र जिल्ला सदस्य किरन थापाको स्वागतमा सम्पन्न कार्यक्रममा कम्युनिष्ट नेता जयन्त्र केसीले मन्तव्य राखेका थिए ।




