विप्लव समुह मुस्ताङका इञ्चार्ज पदम पुन म्याग्दीमा पक्राउ
काेराेला पोस्ट १४ फाल्गुन २०७७, शुक्रबार


म्याग्दी १४ फागुन । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन –फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दरवाङको टोलीले म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट पुनलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मालिका गाउँपालिका–३ रुमका स्थायी बासिन्दा हुन ।


प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको बताए । दरवाङ क्षेत्रबाट पक्राउ पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न रहेको प्रहरीको आरोप छ ।
पुन पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको जनाएको छ । सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।