म्याग्दी, ८ फागुन । सदरमुकाम बेनीमा फेन्सी ब्यवसाय गर्ने रघुगंगा गाउँपालिका– २ रुईसेटोल निवासी राजु भण्डारीले प्रगतिशिल आमासमुहलाई विरामी बोक्ने स्टेचर र एक थान पाल सहयोग गरेका छन् ।

बेनीस्थित झोलुङ्गेपुलमा गजेन्द्र फेन्शी स्टोर्शका संचालक भण्डारीले आपतकालिन रुपमा गाउँमा हुने विरामीलाई सहज रुपमा बोकेर हस्पितलसम्म पु¥याउनका लागि फोल्डिङ स्टेचर र विवाह बत्तवन्ध तथा सार्वजनिक काममा आवश्यक पर्ने पाल आमासमुहलाई उपलब्ध गराएका हुन् ।
भण्डारीले गाउँमा सुत्केरी लगायतका विरामीहरु बोक्ने स्टेचर आवश्यक देखेर सहयोग गरेको बताउदै यस्तै सहयोग आगामी दिनहरुमा जन्मगाउँमा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
आमासमुहकी अध्यक्ष गिता खड्का र सचिव पुर्णा भण्डारीको संचालनमा भएको सहयोग हस्तान्तरणमा सहयोगदातालाई फूलमालाले सम्मान गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्तममा गाउँका समाजसेवीसंगै आमासमुहका सदस्यहरुको उपस्थित रहेको थियो ।




