म्याग्दी २ फागुन । जन्मदिनको अवसरमा बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई रु ५० हजार नगद सहयोग गरेकी छन् । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उन्का श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
आइतबार कोषको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा कोषका अध्यक्ष शाक्यले जलजला गाउँपालिका–७ पर्वत निवासी सहयोगदाता आचार्यलाई संस्थाको पहिलो गोल्ड व्यक्तिगत संरक्षक सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए । गरिब विपन्नहरुको उपचारमा सघाउन स्थापना गरिएको अक्षयकोषमा अहिलेसम्म १ करोड बढी रकम जम्मा भैसकेको र सहयोगदाताहरु मार्फत प्रतिबद्धता भए बमोजिमको रकम आउने क्रम जारी रहेको अध्यक्ष शाक्यले बताए ।
कोषले रु २ करोड रकमको अक्षयकोष बनाउने घोषणा गरिसकेको छ । गरिब तथा विपन्नहरुको उपचारमा सघाउँदै आएको कोषको रचनात्मक कामबाट प्रभावित बनेर आफुले समेत यस अभियानमा सहभागि हुदाँ खुसि मिलेको सहयोगदाता आचार्यले बताए ।
कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष खम थापाको स्वागत र सह–सचिव सन्दीप खत्रीको सञ्चालनमा रहेको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, पत्रकार घनश्याम खड्काले मन्तव्य राखेका थिए ।




