म्याग्दी २८ माघ । म्याग्दी उद्योग वाणिज्य संघको २७औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लिलाराम गौतम, महासचिव अमित बानियाँ, कोषाध्यक्ष सुर्वण रिजाल, सचिव सुमन श्रेष्ठ,सह–सचिव बाबुराम आचार्य,सह–कोषाध्यक्ष नारायण जिसी रहेका छन् ।
अधिवेशनले महिला उद्यम विकास समितिकी अध्यक्ष लक्ष्मी कार्की सहित ३७ सदस्यीय कार्यसमिति चयन भएको महासचिव अमित बानियाँले जानकारी दिए । जिल्लाका पाँचवटै गाउँपालिकास्तरीय बजार इकाईका अध्यक्ष सहित मनोनित सदस्यहरुको समेत सपथ ग्रहण गराइएको छ ।




