नेकपाभित्र एकता हुन सक्दैनः नेता बस्नेत
काेराेला पोस्ट २२ पुस २०७७, बुधबार


म्याग्दी, २२ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपाभित्र एकता हुन नसक्ने बताए । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजित पत्रकार सम्मेलनमा नेकपाभित्र एकता हुने आधार नभएको बताउदै संविधान पुर्नस्थापना भएपनि एकता नहुने दावि गरे ।
आगामी बैशाख १७ र २७ गते चुनाव हुने बताउदै बस्नेतले संसद विघटनको विरोध गर्न भन्दा जनमत बनाउनतर्फ लाग्न सबै दललाई आग्रह गरे । उनले ओली पक्षको विरोध गर्न भन्दा प्रधानमन्त्री र राष्ट्रपति बन्नका लागि चुनावमा लोकप्रीय मत लिएर देखाउन प्रचण्ड र माधव पक्षलाई चुनौती दिएका छन् ।
सरकारको लोकप्रिय कार्यक्रम र राष्ट्रियताको पक्षमा लिएको अडानबाट आत्तिएका नेताहरुले आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि संवैधानिक अधिकार प्रयोग गरेर संसद बिघटन गर्नुपर्ने बाध्यात्मक कदम चाल्नुपरेको बताए । सर्वोच्च अदालतले सरकारको कदमलाई साथ दिने र निर्वाचन आयोगबाट आफ्नै समूहले पार्टीको आधिकारिक नाम तथा चुनाव चिन्ह पाउने बस्नेतको दावी छ । चुनावको सुर्य चिन्ह ओली पक्षको हुने जिकिर गर्दै नभएर कसैलेपनि यो चिन्ह नपाउने जानकारी गराए।