म्याग्दी, २१ पुष । युएईमा ब्यवसाय गर्दै आएका रघुगंगा गाउँपलिका– २ साझपानी प्रकाश कार्कीद्धारा उपचारत गोकर्ण परियारलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । खाना नलीमा समस्या देखिएपछि वाल्ड ल्यापरस्कोपी हस्पितल दिल्लीमा उपचार गराईराखेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु धुपिचौरका गोर्कण परियारलाई युवा ब्यवसायी कार्कीले १० हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।

रोजगारको शिलशिलामा युएई पुगेका कार्कीले पछिल्लो समय कम्पनी संचालन गरेका छन् । मोना युएईका सल्लाकार समेत रहेका कार्कीले विदेशमा अलपत्र परेका युवाहरुलाई सहयोग गर्ने, आर्थिक अवस्था कमजोर भएर उपचारत विरामीहरुलाई यस अघि पनि सहयोग गर्दै आएका छन् ।
नेपालमा उपचार हुन नसकेपछि दिल्ली पुगेका परियारले उपचारमा आर्थिक सहयोगको अपिल गरेका हुन् । सिलाईकटाईबाट जीविकापार्जन गरेका परियारको उपचारमा ६ लाख रुपैयाँ भन्दा बढी लाग्नेभएपछि आर्थिक सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका दाजुभाई तथा दिदिबहिनीलाई अपिल गरेका छन् ।
गतबर्ष फागुनमा मनिपाल अस्पतालमा पत्थरीको उपचार र गत जेठमा हर्नियाको फेवासिटी अस्पतालमा उपचार गराउदाँ ५ लाख भन्दा बढी खर्च भईसकेको उनले बताए । अहिल्य खाना नलीमा देखिएको समस्याको उपचारमा परिवारको आर्थिक अवस्थाले नभ्याएपछि सहयोगको लागि आग्रह गरेका हुन् ।
श्रीमति गर्भवति र विरामी हुदाँ सिलाईकटाई पेशा निरन्तरता दिन नसक्दा आर्थिक अभावले उपचारमा समस्या भएको बताउदै सहयोगका लागि संचारमाध्यबाट अपिल गरेका छन् ।
फोननम्वर, गोकर्ण परियार ९८६७६६८२९८, दिल्लीको फोननम्वर ९१८१७६९०८४८२




