म्याग्दी, १७ पुष । मोना हङकङका निर्वतमान अध्यक्ष दल शेरपुञ्जाले म्याग्दी बालगृहका बालबालिकालाई १३ थान टोपी उपलब्ध गराएका छन् । रोजगारको शिलशिलामा हङकङमा रहेका मालिका गाउँपालिका– ७ विमका शेरपुञ्जाले बालगृहका १३ जना बालबालिकालाई टोपी उपलब्ध गराएका हुन् ।
नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यको उपस्थितमा सन्दिप खत्रीले सो सहयोग बालगृहका बालबालिकालाई हस्तान्तरण गरेका हुन् । बालगृहमा १३ जना बालबालिका छन् ।




