बेनी १२ पुस । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् । शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो कार्यकारिणी समितिको निर्वाचनमा सर्वसम्मत रुपमा जिल्ला नगरतर्फ प्रदेश सदस्य पदमा कर्माचार्य निर्वाचित भएका हुन् ।




