म्याग्दी, ७ पुष । धौवलागिरी गाउँपालिकाले विषयगत सेवा दिने शाखा कार्यालय एकीकृत गर्ने निर्णय गरेको छ । सोमबार गाउँपालिकाले गरेको हिउँदे गाउँसभामा बहुमतले छरिएर रहेको सेवा कार्यालय एकीकृत गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको केन्द्रसंगै एकठाउँमै नुहँदा नागरिकलाई सेवाप्रवाहमा सास्ती भएको भन्दै गाउँसभामा वडानम्वर १ गुर्जाका अध्यक्ष झकबहादुर छन्त्यालले गरेको उक्त प्रस्तावमा गाउँसभाका ३७ जना मध्ये २२ जनाले सेवा कार्यालय एकीकृत गर्ने पक्षमा मतदान गरेपछि बहुमतल पारित भएको थियो ।

अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले प्रस्तावमा तटस्थ बसेका थिए ।सभाको निर्णयअनुसार हाल शिवामा रहेको शिक्षाको शाखा कार्याल र ताकममा रहेको स्वास्थ्य र कृषि र पशु सेवा कार्यालय गाउँपालिकाको अस्थाई कार्यालय मुनाबाट संचालन हुने वडानम्वर १ का अध्यक्ष छन्त्यालले बताए । वडानम्वर १ गुर्जा, २ लुलाङ, ३ मुना र ४ मुदीका जनप्रतिनिधिहरुले शाखा कार्यालय एकै ठाउँबाट संचालन गर्नुपर्नेमा मत राखेका थिए ।

सभामा प्रस्तुत भएको वडानम्वर ७ धारापानीमा स्वास्थ्य चौकी स्थापना गर्ने प्रस्ताव पारित भएको छ । ताकममा पाँच शैयाको अस्पताल स्थापना गर्ने प्रस्ताव गर्नका लागि सभाका सदस्यहरुले शाखा कार्यालय एकीकृत गर्ने निर्णय कार्यान्वयनमा सघाउने ताकमका जनप्रतिनिधिको प्रतिवद्धताको सर्त राखेपछि मंगलबार १० बजेसम्मका लागि सभा स्थगित भएको छ ।
गाउँसभामा अध्यक्ष पुनले प्रस्तावहरु सार्वजनिक गर्दै सर्वोच्च अदालतमा विचारधिन रहेको स्थायी केन्द्रको विवादलाई तटस्थ राखेर भौगोलिक विकटताले सेवा प्रवाह नागरिकलाई सहज गराउन शाखा कार्यालय एकीकृत गर्ने प्रस्ताव लिएको बताईन । यसअघिको त्रृटिपुर्ण निर्णयका कारण गाउँपालिकाको कार्यालय र शाखा कार्यालय एकीकृत नहुदाँ जनतालाई भुगोलको कारण सास्ती भएको बताईन ।
सभाभा उपाध्यक्ष रेशम छन्त्यालले कार्यकाल सकिन लागेको अवस्थामा विगतमा भएको निर्णयहरुलाई पुन छलफल गर्न नहुने बताउदै शाखा कार्यालय एकीकृत गर्ने प्रस्तावमा असहमति जनाएका थिए । कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालले गाउँपालिकाको स्थायी केन्द्रको विषयमा पुर्नविचार गर्नुपर्ने बताए । मराङका वडा अध्यक्ष राजाराम शर्माले बैंक र गाउँपालिकाको सेवा फरक ठाउँमा हुदाँ सास्ती भएको बताउदै बैकँपनि गाउँपालिकासंगै स्थापना गनुपर्ने माग गरेका थिए । ताकमा वडाअध्यक्ष कलानीधि शर्मा र सदस्य अमृता भण्डारीले स्थायी केन्द्रको मुद्दा अदालतमा विचारधिन रहेको अवस्थामा विगतकै निर्णयलाई निरन्तरताको मागर राखेका थिए ।
वडासदस्य चुनदेवी विकले स्थाई केन्द्र कायम भएको ठाउँ सातमुलेमा १४ रोपनी जग्गा निशुल्क ब्यवस्था भएको बताउदै छिटो पुर्वाधार निर्माण गर्न माग राखेकी थिईन ।
बजेट संसोधन गर्ने प्रस्तावे सर्वसहमतिले पारित गर्दै कर्मचारी पारिश्रमीकको १० लाख अन्य सेवा शुल्कमा, गुर्जामा नापि तथा मालपोतको शिविरको १ लाख रकम टेलिकम टावरको आवश्यक सामाग्री ढुवानी खर्चमा, आधुनिक मौरीपालनको घार वितरण तथा तालिमको १ लाख रकम मुदी बगर टेलिफोन टावर आवश्यक सामाग्री ढुवानीमा, बगर स्वास्थ्य ईकाइको घेरावरको ७ लाख रकम बगरमा एक घर एक खानोपानी ब्यवस्था योजनामा, ह्युम पाईप खरिदको ८ लाख अन्य भत्तामा, कर्मचारी पारिश्रमिकको ८ लाख ह्युम पाइप खरिदमा र कर्मचारी पारिश्रमिकको १ लाख ४८ हजार रुपैया मुना मोदी मोटर बाटोमा संसोधन गरिएको प्रमृख प्रशासकिय अधिकृत गोपाल शर्माले बताए ।




