नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सुजन बरुवाल बिजयी
काेराेला पोस्ट ४ पुस २०७७, शनिबार


म्याग्दी ४ पुस । नेपाल जेसीज २०२१ को राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश अन्तरगत रूपन्देहीको भलबारी जेसिजको आतित्यथामा सम्पन्न नेपाल जेसिजको ४७औ माहाधिबेशनमा म्याग्दी जेसिजका अध्यक्ष बरुवाल राष्ट्रिय उपाध्यक्षमा अत्यधिक मतले बिजयी भएका हुन् ।


बरूवालले ७१८ मत सहित निर्बाचित १२ जना उपाध्यक्षहरूमध्ये ८ औ उत्कृष्ट मत ल्याउन सफल भएका थिए । २०१४ मा म्याग्दी जेसिज प्रवेश गरेका बरुवाल २०२० मा शाखा अध्यक्ष को जिमेवारी समालेका थिए ।
निर्वाचित बरुवालले उपाध्यक्षमा जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै जेसिज उद्देश्य अनुसार प्राप्त जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।