विप्लप नेकपाद्वारा पुष ३ गते धौलागिरीको चार जिल्ला बन्द गर्ने
काेराेला पोस्ट २ पुस २०७७, बिहिबार


म्याग्दी, २ पुष । पर्वत कारागारमा रहेका नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपा म्याग्दीका नेता गजेन्द्र पुन –(जगत) को उपचारको क्रममा भएको निधनलाई शंकाष्पद भन्दै विप्लव समुहले पुष ३ गते धौलागिरि बन्दको आव्हान गरेको छ।
धौलागिरि ब्युरो ईन्चार्ज राजनले जारी गरेको विज्ञप्तीमा पुनको मृत्युको बारेमा सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गर्दै भोली धौलागिरिका चार जिल्ला बन्दको आब्हान गरेको विज्ञप्तीमा उल्लेख छ ।
हिरासतमा रहदाँ शारिरिक र मानसिक रुपमा यातना दिएर गम्भिर विरामी हुन पुगेका पुनको उपचारमा चरम लापरबाही गरेको अवस्थामा सम्वन्धित निकायबाट सत्यसतथ्य छानविनको माग समेत गरेको छ।
विज्ञप्तीमा घटनाको छानविन गरी दोषिलाई कारबाहीको माग गर्दै दवावमा पुनको शव नउठाउने जनाएको छ।