विद्यालयको पुर्वाधार पुर्ननिर्माण सम्वन्धी अभिमुखीकरण
काेराेला पोस्ट १ पुस २०७७, बुधबार

म्याग्दी, १ पुष । भूकम्पले जिर्ण बनेका विद्यालयको भवन पुर्ननिर्माण सम्वन्धी विद्यालयका प्रअ र ब्यवस्थापन समितिलाई र मुख्य मजदुरलाई अभिमुखिकरण तालिम दिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले विद्यालयको भवन, शौचालय र खानेपानी पुर्वाधार निर्माणमा संग्लनलाई अभिमुखिकरण तालिम दिएको हो ।


भुकम्पले क्षति पुगेका कक्षा कोठा, शौचालय भवन र खानेपानी संरचना पुननिर्माण कार्यमा संग्लन विद्यालयका ब्यवस्थापन समिति, प्रअ र मजदुरलाई गुणस्तर र दिगो पुर्वाधारमा निर्माणमा प्रयोग गर्ने सामाग्री सम्वन्धी तिन दिनको प्रशिक्षण गरिएको छ । इकाईले बुधबार भवन, विहिबार शौचालय र शुक्रबार खानेपानी योजनाका पुर्वाधार निर्माणमा संग्लनलाई प्रशिक्षण दिईने ईकाई प्रमुख तुलराज चौलागाईले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दिर्घकालीन रुपमा प्रयोग हुने किसिमले गुणस्तर सामाग्री प्रयोग गरेर पुर्वाधार निर्माण गर्न आग्रह गरे । भुकम्पले प्रभावित विद्यालयको भवन निर्माणमा विद्यालयका प्रअ, अध्यक्ष, उपभोक्ता समिति र मजदुर सचेत भएर प्राविधिकको सल्लाह बमोजिम काम गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भुकम्मपछि देशभर सामुदायिक विद्यालयको स्वरुपनै परिर्वतन हुने गरी विद्यालय पुर्ननिर्माणले तिव्रता पाउनु सकारात्क पक्ष रहेको बताउदै कतिपय भवन निर्माणमा गुणस्तरहिन सामाग्री प्रयोग गरिएको, आर्थिक अनियमितता भएको कुरा सुनिन थालेको भन्दै समितिका पदाधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।


विद्यार्थीको अध्ययनका लागि सुरक्षित विद्यालय निर्माणले जिल्लामा तिव्रतासंगै हालसम्म २८ करोड ५२ लाख रुपैयाँको लागतमा २२ वटा २ कोठे, ९ वटा तीन कोठे र २४ वटा चार कोठे गरी ५५ वटा भवन निर्माण भएको इकाई प्रमखु चौलागाईले जानकारी दिए । त्यस्तै २२ वटा शौचालय र २ वटा कोठा निर्माण भएको छ ।


यस बर्ष ४ कोठे ३७ वटा, ३ कोठे ३ वटा, २ कोठे १० वटा शौचालय २८ वटा र खानेपानी सुविधा २५ वटा गरी १ सय ३ वटा योजना कार्यान्वयनसंगै निर्माणधिन अवस्थामा रहेको इकाईले जानकारी दिएको छ।


विद्यालयको प्रअ र ब्यवस्थापन समिति संगलन भएर भवन लगातयको पुर्वाधार निर्माणले पुर्ननिर्माणमा छिटोछरितोसंगै रोजगाराी सिर्जना भएको, जोखिमयुक्त भवन विस्थापित गरेर मापदण्ड अनुसारको भवन निर्माण गरिएको र भौतिक संरचना सुरक्षित, सुविधा सम्पन्न, बातावरणमैत्री र अपाङ्गमैत्री पुर्वाधार निर्माण भएको कार्यालयले जानकारी दियो ।


यस आर्थिक बर्षमा २४ वटा भवन निर्माणमा १२ करोड ५७ लाख ९० हजार ४९० रुपैया, २० वटा शौचालय निर्माणमा ३ करोड ९ लाख ६० हजार ८२० रुपैयाँ खर्च भएको कार्यालयले जानकारी दिए । सुबिधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठनपाठन सहज हुने देखिन्छ ।