सुवेदीको लापरबाहीले चौथो बर्षमा अध्ययतरत विद्यार्थी परिक्षा दिनबाट बञ्चित
काेराेला पोस्ट ३० मंसिर २०७७, मंगलबार


म्याग्दी ३० मंसिर । म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको छन् । स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो बर्षमा अध्ययतरत मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षा दिनबाट बञ्चित भएका हुन् ।
आफ्नो कार्य व्यस्तताका कारण क्याम्पसमा आउन नसकेपछि विद्यार्थी नेता सुवेदीसंगको कुराकानीका आधारमा फोटो निकाल्ने शुल्क सहित क्याम्पसको भर्ना, मासिक र परिक्षा शुल्क समेत गरि २२ हजार ५ सय रुपैयाँ सुवेदीको खातामा जम्मा गरेको बताए । सुवेदीले लापरबाही गरेको कारण परिक्षा दिनबाट आफु बञ्चित भएको आचार्यले बताए ।
दरबाङ स्थित एक वित्तिय संस्थामा कार्यरत रहेको कारण क्याम्पसमा आफु आउन नसक्ने र तत्कालिन स्ववियूका कार्यबाहक सभापति समेत रहेका सुवेदीसंग चिनजान भएकाले विश्वास गरि परिक्षा फर्म समेत भरिदिने बचन पाएपछि आफु आबद्ध रहेको संस्थाको सहकर्मी मार्फत सुवेदीको गरिमा विकास बैँकमा रहेको खातामा पैसा जम्मा गरिदिएको आचार्यको भनाई छ ।
‘‘२०७६ पौस १ गते सुवेदीको खातामा पैसा जम्मा गरिदिएको थिए, त्यसपछि पटक पटक सम्पर्क गरि फर्म भरे÷नभरेको बारेमा जानकारी लिदाँ उनले भर्ना र परिक्षा शुल्क तिरेर फर्म भरिदिएको भनि फोन र म्यासेजबाट विश्वस्त पारेका थिऐ, त्यसपछि म ढुक्क भएँ तर मंसिर २८ गते प्रवेश पत्रका लागि क्याम्पसमा सम्पर्क गर्दा आफ्नो फर्म नै नभरिएको पाएपछि छाँगाबाट खसे जस्तो भएँ’’–आचार्यले भने ।
तेस्रो बर्षमा समेत सुवेदीलाई नै सबै शुल्क बापतको रकम उपलब्ध गराएपछि सुवेदीले नै परिक्षा फर्म भरिदिएको कारण आफुले विश्वास गरि उनी मार्फत सहयोग लिन पुगेपनि आफुलाई ठुलो घात गरि परिक्षा नै दिनबाट बञ्चित गराएको आचार्यको दुखेसो छ । ‘‘ सुरुमा सबै काम गरिदिएको जानकारी दिए’ आचार्यले भने, अहिले परिक्षा नै दिन नपाउने भएपछि लकडाउनका कारण आफुले समयमै फर्म भरिदिन नसकेको जानकारी दिए ।’’
आचार्यले स्ववियूका जिम्मेवार नेतालाई विश्वास गर्दा आफु पीडित बन्नुपरेको बताउँदै अन्य विद्यार्थीहरुलाई यस्ता प्रवृतिबाट जोगिन आग्रह गर्नुभएको छ ।सुवेदी अनेरास्ववियू म्याग्दीका कार्यालय सदस्य छन । यस बिषयमा सुवेदीसंग प्रतिकृया लिन मोवाईल सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन ।