सहकारीको भविष्य उत्पादनमूलक क्षेत्रमा छ : रजिष्ट्रार ढकाल
काेराेला पोस्ट ३० मंसिर २०७७, मंगलबार



म्याग्दी, ३० मंसिर । सहरकारीको भविष्य उत्पादनमुलक क्षेत्रमा रहेको सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्ट्रार प्रेमप्रसाद ढकालले बताएका छन् । सदरमुकाम बेनीसंगै स्थानीय तहबाट सेवा संचालन गरेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २१ औँ बार्षिक साधारणसभाको उद्घाटन गर्दै सहकारीको भविष्य उत्पादनमुलक क्षेत्रमा गरेका लगानीले सुरक्षित गर्ने बताएका हुन् ।


सहकारी अध्यक्ष लिलाबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा रजिष्ट्रार ढकालले सहकारीको नियमअनुसार कारोवार गर्न आग्रह गरे । बचत र ऋण लगानीको कारोवारले सहकारीको भविष्य नभएको बताउदै उत्पादनमुलक कृषि पर्यटन लगायतको क्षेत्रमा लगानी बढाउन सहकारी संचालकलाई आग्रह गरेका थिए । छरिएर रहेको श्रम, सीप, पुँजी, प्रविधि प्रयोग गरेर सामाजिक हितको क्षेत्रमा लगानीलाई ध्यान दिनुपर्ने बताए । राज्यले सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपुर्ण खम्वा मानेको बताउदै सहकारीको मूल्य, मान्यता, सिद्धान्त तथा प्रचलित कानुनबमोजिम संस्था संचालन गर्न जोडदिए ।


मुख्य कार्यालय बेनीमा रहेको सहकारीले दरवाङ्ग, बाबियाचौर, तातोपानी, मल्लाज र पोखरेबगरमा सेवा विस्तार गर्दै शाखा केन्द्र संचालन गरेको छ । ३ हजार ९४६ जना शियर सदस्य रहेको सहकारीमा शेयर पुजी ७ करोड २१ लाख ६६ हजार २०० रहेको छ । निक्षेप बचतमा ५६ करोड ५३ लाख ९३ हजार ५४२ रुपैया, कर्जा लगानी ४४ करोड २२ लाख २५ हजार रुपैया, कोष रकम १ करोड ४१ लाख २५ हजार १९८ रुपैया, मुनाफा १ करोड २८ लाख १५ हजार ७१५ रुपैया गत आर्थिक बर्षमा भएको कोषाध्यक्ष चन्द्रकुमार केसीले बताए ।

????????????????????????????????????


अध्यक्ष बानियाँले सहकारीको सेवालाई जनतामैत्री बनाउन जिल्लाका स्थानीयसंगै बागलुङ, पर्वत, र कास्कीसंगै गण्डकी प्रदेशभरी सेवा केन्द्र विस्तार गर्ने, आगामी बर्ष संस्थाको बचत १ अरव पु¥याउने, बृहत ब्यवसायिक अध्ययन गरी उत्पादनमुलक उद्योग तथा ब्यवसायमा संचालन गर्ने, मोवाई, बैकिङ्क सेवा एटिम सेवा विस्तार गर्ने योजना रहेको शेयरसदस्य माझँ जानकारी गराएका थिए । साधारणसभाको अवसरमा उतकृष्ट समाजसेवी सपना रोकामगरलाई नगदसहित सम्मान गर्ने जानकारी गराए । त्यस्तै म्याग्दी क्याम्पसमा अध्ययनरत जेहन्दार विद्यार्थी सोमप्रसाद सापकोटालाई नगद १५ हजार ५ सय रुपैया छात्रवृति सहकारीले हस्तान्तरण गरेको छ ।


अध्यक्ष बानियाँको सहकारीको प्रतिवेदन, उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत मन्तव्य, सचिव रामजीप्रसाद सुवेदीको संचालनसंगै प्रगति प्रतिवेदन र कोषाध्यक्ष केसीको आर्थिक प्रतिवेदन प्रस्तुत थियो । रजिष्ट्रार कार्यालयका शाखा अधिकृत सागर खनालको उपस्थित रहेको साधारणसभामा बेनी नगरपालिका ४ सिंगाका वडाअध्यक्ष गोविन्द्र पौडेल, शियर सदस्य गुमानसिङ कार्की, पोखरेवगर सेवा केन्द्रका संयोजक ठगराज बरुवालले शुभकामना मन्तव्य राखेका थिए ।