सरकार विरुद्ध काग्रेसले बेनीमा विरोध प्रर्दशन
काेराेला पोस्ट २९ मंसिर २०७७, सोमबार


म्याग्दी, २९ मंसिर । सरकार विरुद्ध नेपाली काँग्रेस म्याग्दीले बेनीमा विरोध प्रर्दशन गरेको छ । देशब्यापी रुपमा भएको विरोध प्रर्दशन संगमचोक पाटी कार्यालयबाट सुरु गरिएकोे विरोध प्रर्दशन जिल्ला प्रशासन कार्यालय अगाडी विरेन्द्रचोकमा कोणसभामा परिणत गर्दै सरकारको आलोचना गरेका थिए ।


कोणसभामा बोल्ने जिल्लाका नेताहरुले सरकारले दिनदिनै जनतामाझँ गाईजात्रा प्रर्दशन गरेको आरोप लगाए । जनताप्रति ओली सरकार गैरजिम्मेवार भएको आरोप लगाउदै कोरोना भाईरसको औषधी तथा मेसिनहरु किनबेचमा वर्तमान सरकारले भष्ट्रचार गरेको जिकिर गरे । अझैपनि जनताको पक्षमा सरकार सच्चिएन भने काँग्रेसले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ठेगान लगाउने समेत चेतावनी दिएका छन् ।


संविधान सभा सदस्य एवम् जिल्लाका पुर्वसभापति रेशम बानियाँले यो सरकारले के गरिहरेको छ विपक्ष दल भन्नु नपर्ने बताउदै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तुत गरेको प्रतिवेदनले प्रमाणित गरेको जिकिर गरे । वर्तमान कम्युनिष्टको सरकार संघीयता, गणतन्त्र, समावेशिता विरोधी भएको आरोप बानियाँले लगाएका थिए ।


जिल्लामा निरन्तरण् कम्युनिष्टले जितेपनि उनीहरुको भोट घट्दै गएकोले आगामी चुनावमा हाम्रो जित सुनिश्चित रहेको सभापति खमविर गर्वुजाले बताए । उनले जिल्ला निर्वाचित जनप्रतिनिधिहरुले बजेट छुट्याएपनि कार्यान्वयन पक्ष फितलो भएको जिकिर गरेर । जिल्लाका मुख्य सडक समयमै सम्पन्न हुननसक्ने अवस्थाले सांसदको क्षमता प्रष्ट देखिएको बताए । बाढीपहिरो पीडितको लागि आवाश ब्यवस्थापनमा सांसदहरुले बजेट विनियोजन गर्न नसकेको बताउदै बजेट कार्यकर्ताकेन्द्रित टुक्रे योजनामा विनियोजन छ, उनले भने ।


सह–सचिव भरत रकालले संचालन गरेको सभामा उपसभापती माधव रेग्मी, नेता नेत्रबहादुर महत, सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सचिव मिनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, क्षेत्र ख का सभापति कमल छन्त्याल, महिला संघकी सभापति बिमला गौचन, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, दलित संघका अध्यक्ष बालकुमार लामिछाने, नगर सभापति अनोद श्रेष्ठ, नेबिसंघका सभापति निर्मल खत्रीले मन्तव्य राखेका थिए ।