मोना युएईको अध्यक्षमा सुवास राम्जाली
काेराेला पोस्ट २८ मंसिर २०७७, आइतबार


म्याग्दी, २८ मंसिर । म्याग्दी प्रवासी नेपाली संघ युएइको अध्यक्षमा सुवास राम्जाली सर्बसम्वत चयन भएका छन् । अनलाईन भर्चुलबाट भएको तेस्रो अधिबेशनबाट २०२० देखि २०२२ सम्मको कार्यकालको लागि राम्जालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रामचन्द्र शर्मा, उपाध्यक्षमा आकाश रसाईली र यामुना रोका, महासचिवमा काजीमान बुढाथोकी, सचिवमा नरप्रसाद छन्त्याल, कोषाध्यक्षमा वेकप्रसाद पुन र सह–कोषाध्यक्षमा अर्जुन कटुवाल रहेको समितिको सदस्यहरुमा कुमार कार्की मनकुृमारी विक, पार्वती अर्मजा, किरन खत्री र विनोद केसी चयन गरिएको मोना युएईका सल्लाकार प्रकाश कार्कीले जानकारी दिए ।


कोरोना भाईरसको कारण सामाजिक दुरीलाई मध्यनजर गर्दै अनलाईनबाट अधिवेशन गरिएको सल्लाकार कार्कीले बताए । अधिवशेनमा मोना आईइसीसीका अध्यक्ष ओमनारायणा जुग्जाली र प्रवक्ता ईन्द्रप्रसाद गर्वुजाको विशेष सहभागिता रहेको थियो । रोजगार र ब्यवसायको शिलशिलामा युएई पुगेका म्याग्देली युवाहरुले जिल्लामा हुने बाढी पहिरोबाट पीडित र विरामीहरुको उपचारमा आर्थिक सहयोग गर्दै आएका छन् । विदेशमा पुगेर रोजगार गुमाएर अलपत्र परेकालाई सहयोग गर्दै आएको छ।