ब्यवसायीद्धारा गलेश्वरधाममा न्यानो कपडा वितरण
काेराेला पोस्ट २७ मंसिर २०७७, शनिबार


म्याग्दी, २७ मंसिर । बेनीका एक ब्यवसायीले बेनी नगरपालिका–९ स्थित गलेश्वरधाम मन्दिरको आश्रममा बस्ने बृद्धबृद्धा, सस्कृत पढ्ने विद्याथीलाई जाडोमा लगाउने नानो कपडा वितरण गरेका छन् ।
बेनी नगरपालिका–७ संगमचोकमा धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसल ब्यवसाय गरेका सुविन श्रेष्ठ, विपिन श्रेष्ठ र सविन श्रेष्ठबाट गलेश्वर बृद्धाश्रममा रहेका बृद्धबृद्धा, संस्कृति बिद्यालयमा अध्यनरत विद्यार्थी लगायतलाई जाडोमा लगाउने ७५ थान ज्याकेट ( न्यानो कपडा) वितरण गरेका हुन् ।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध सुविन श्रेष्ठको परिवारले आश्रममा पुगेर सहयोग गरेका थिए । उनीहरुले यस अघिपनि विभिन्न समयमा आश्रममा सहयोग गर्दै आएका छन् । सहयोगप्रति बृद्धबृद्धाले श्रेष्ठ परिवारलाई धन्यवाद दिएका थिए ।