बेनी दुई जनामा कोरोना संक्रमण पुष्टी
काेराेला पोस्ट २४ मंसिर २०७७, बुधबार


म्याग्दी, २४ मंसिर । कन्ट्याक्ट टे«सिङमा परेका सरदमुकाम बेनी बजार बस्ने दुईजनामा कोराना पुष्टि भएको छ । गत २१ गते संकलन गरिएको नमुनाको पिसिआर परिक्षण गर्दा ४० बर्षका पुरुष र ४५ बर्षको महिलामा कोरोना पुष्टि भएको हो ।
पोखराको क्षयरोग उपचार केन्द्रमा पिसिआर रिपोट परिक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएकोे स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।
हालसम्म म्याग्दी जिल्लामा १६० जनामा कोरोना संक्रमित देखिएको छ । भने २ हजार २५८ जनाको नमुना संकलन गरिएको छ । हालसम्म सक्रिय संक्रमित २४ जना रहेका छन् ।