स्वर्गीय बा–आमाको सम्झनामा ५ लाख विद्यालयको प्रवेशद्धार बनाउन सहयोग
काेराेला पोस्ट २४ मंसिर २०७७, बुधबार


म्याग्दी, २४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिजँलगाउँका राजेन्द्र र देवी कार्कीले स्वर्गाीय बुबाआमाको सम्झनामा मुक्तिधाम माविको प्रवेशद्धार निर्माणमा ५ लाख आर्थिक सहयोग गरेका छन् ।

स्वर्गीय आमाको बार्षिक पुण्य तिथिको अवसरमा स्वर्गीय बुवा लेठबहादुर काकी आमा टिका कुमारी कार्कीको स्मृतिमा विद्यालयको प्रवशेद्धार निर्माणमा ५ लाख ५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।


आमाको बार्षिक पुण्य तिथि दिनमा छोराबुहारी राजेन्द्र र देवी कार्कीसहितको परिवारको उपस्थितमा बुधबार विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी सुवेदी, प्रअ अम्मरबहादुर केसीलाई सो सहयोग हस्तान्तरण गरेका थिए ।


प्रव्ेशद्धार निर्माणमा सहयोग रकम अपुग भएमा आवश्यक थप रकम सहयोग गर्ने प्रतिवद्धता कार्की परिवारले गरेको प्रअ केसीले बताए । सहयोगप्रति धन्यवाद दिदै विद्यालयका प्रअ केसीले प्रवेशद्धार निर्माणमा भएको आर्थिक सहयोगले विद्यालयको भौतिक पुर्वाधार ब्यवस्थापनमा सहयोग पुगेको बताए ।


सहयोग हस्तान्तरणमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, ब्यवस्थापन समितिका पुर्व अध्यक्ष, शिक्षक लगायत समाजसेवी र परिवारतर्फबाट छोरी, नाती, नातीनी लगायतको दाजुभाईकोे उपस्थित रहेको थियो । तस्विरः हरी भण्डारी