कोरला नाकामा नेपाल सरकारले कहिल्य बनाउछ पुर्वाधार ?
काेराेला पोस्ट २३ मंसिर २०७७, मंगलबार


म्याग्दी, २३ मंसिर । कोरना नाका नेपाल र चिनको सिमाना पदर्छ । दुई देशको सहज ब्यापारका लागि कोरला नाकालाई लिईन्छ । नेपाल र चिनको कोरला सिमाना २४ नम्वर पिल्लरमा नेपालतर्फबाट कच्चि सडक पुगेको छ । सो सिमानामा पुगेका नेपालीहरुले दुइ देशको सिमाना छुट्याउन सकिने बातावरण पिल्लरले सिर्जना गरेको छ।


दुइ देशको ब्यापारलाई ब्यवस्थित बनाउन सिमानामा भौतिक संरचना आवश्यक हुन्छ । चिनतर्फ भौतिक संरचना पुर्ण रुपमा तयार पारेको छ । भने नेपालतर्फ कुनै सुरसार छैन् ।


कोरला नाकामा पुर्वाधार निर्माणका लागि विभिन्न समयमा नेपाल सकारका टोलीले अध्ययन गरेपनि भौतिक संरचना निर्माण सुरु हुन सकेको छैन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने कोरलामा पुर्वाधार निर्माणमा ठुलो बजेट लाग्छ, कोरोनाले नेपाल सरकारको आर्थिक अवस्था कमजोर रहेको हुदाँ तत्काल पुर्वाधार निर्माण सुरु हुन नसकेको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले बताए । चिनतर्फ आवश्यक पुर्वाधार सम्पन्न भएको छ, तर नेपालतर्फ पुर्वाधार बनाउनका लागि संघिय सरकारलाई प्रदेश सरकारले पहल गरिरहेको विष्टले जानकारी दिए । ’पुर्वाधार निर्माणमा जग्गा ब्यवस्थापन भएको छ, संघिय सरकारले भौतिक संरचना निर्माणमा बजेट छुट्याउने तयारी गरेको विष्टले जानकारी दिए । संघ सरकार जिम्मेवार भएर संरचना बनाउनतर्फ जोड दिए कोरला नाकाको फाईदा नेपाल र चिन दुवै देशले लिन सक्ने त्यहाँ पुगेका नेपालीहरुले बताउछन् । उनीहरुले भौतिक संरचना निर्माण गरेर सिमामा भन्सार कार्यालय, नेपाली सेना प्रहरी र कर्मचारी राख्नुपर्ने बताउछन ।


भौतिक संरचना निर्माणका लागि १ हजार ३४४ रोपनी जग्गा छुट्रयाईसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए । लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका जनतालाई लक्षित गरेर बर्षको दुईचोटी नाका खुलाउछ । एकतफी नेपालमात्र सामान भित्र्याउछ । तर नेपालबाट कुनै सामानपनि चिन तर्फ लाने बातावरण सिर्जना भएको छैन् । नेपालले इलाका प्रहरी कार्यालय र भन्सार कार्यालय छोसेरमा राखेको छ ।

पर्यटकिय केन्द्रको रुपमा परिचित मुस्ताङ हो । र उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको कलासस्कृति तिव्वतीयन पहिल्यको सस्कृतिसंग मिल्छ । लोमान्थाङ आमेपाल राजाले माटोको दरवार निर्माण गरिएको छ । त्यहा एतिहासिक गुफा गुम्वा, माटोको घर, राजाका दरवार सबै तिव्रतीयनसंग मिल्छ । चिन तर्फ सुरक्षाकर्मीले हाम्रो भौतिक संरचना पुर्ण गराएका छौ तिमिहरुले कहिल्य बनाउछौ भनेर दवाव सिर्जना गरिरहेको एक्याप लोमान्थाङका सचिव कार्सङ गुरुङले बताए ।


जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पु¥याउन ७ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ । उपल्लो मुस्ताङ पुग्न कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ जाने पर्यटक र उपल्लो मुस्ताङबासीलाई विगत एक बर्षदेखि महिना देखि सहज भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छ ।
कोरला नाका संचालनमा दुई देशको सम्झौता भएपनि बेनी जोमसोम जोमसोम देखि कोरला नाका सडक स्तरोन्नतीमा ठेकेदारको लापरबाही र सरकारको वेवास्ताका कारण समयमै सम्पन्न हुन सकेका छैनन् भने । सडक स्तोरोन्नती समयमा हुन नसक्दा कसरी चिनले सिमानामा ब्यवसायका लागि नाका खुलाउछ् ?
दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र नभएर ब्यापारिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले उपलब्धिमुलक सोचेपनि नेपालतर्फको भुभागमा संरचना बनाउन लागि नेपाल सरकारले बजेट विनियोजनमा विशेष चासो दिनुपर्छ । कोरोना भाईरसका कारण आर्थिक अर्थतन्त्र कमजोर देखाएर पुर्वाधार निर्माणमा बजेट छुट्याउन ढिलासुस्ती गर्नु सरकारको कमजोरी देखिन्छ ।