सुन्तला झर्ने समस्याले कृषक चिन्तित
काेराेला पोस्ट १९ मंसिर २०७७, शुक्रबार



म्याग्दी १९ मंसिर । आम्दानी गर्ने समयमा म्याग्दीमा सुन्तला फलेको बोटको हागाँ सुक्ने र सुन्तला पहेलो भएर झर्ने समस्याले सुन्तला कृषक चिन्तित भएका छन् । कृषकले नगद आम्दानी गर्ने समयमा सुन्तला बोटबाट झरेपछि ब्यवसायिक रुपमा सुन्तला खेतीमा लागेको कृषक चिनिन्त अवस्थामा चिन्तित भएका हुन् ।


१० हजार भन्दा बढी सुन्तलाका विरुवा लगाएर सुन्तला गाउँको परिचय बनाउन सफल बेनी नगरपालिका– ४ बास्कुनाका कृषक बढी मारमा परेको छन् । परम्परागत धान, गहु र मकै लगायतको खेती गरेको जमिनमा लगाएको सुन्तला बेच्ने समयमा झर्न थालेपछि चिन्तित भएको सुन्तला कृषक तिलक गुरुङले बताए । “सुन्तला बोटबाट ४० प्रतिशत भन्दा माथि झरेको छ, दिनुहँ बोटमा भन्दा बढी भईमा रहेको छ”, उनले भने ।


विच समयमा विभिन्न औषधी नछर्दा दुईसय भन्दा बढी सुन्तनाले उत्पादन दिदै गरेको बोटमा सुन्तला झर्नेसंगै हागाँ सुक्ने समस्याले सताएको बास्कुनाका दलबहादुर कार्कीले बताए । उनले ३ सय थप सुन्तलाको विरुवा पनि लगाएका छन् । यस्तै समस्यामा दिर्ग खत्री पनि रहेका छन् । सय भन्दा बढी घरधुरी बास्कुनामा ब्यवसायीक रुपमा सुन्तला खेती गर्दै आएका छन् ।
झरेको सुन्तला ब्यवस्थापनका पलास्टिक वितरण गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । उनले बास्कुनासंगै बेनपा ९ घतान, मालिका गाउँपालिका विम, अन्नपुर्ण गाउँपालिका भुरुङतातोपानी, दोसल्ले र रघुगंगा गाउँपालिकाको भगवती र पिप्लेमा सुन्तला झर्ने समस्या रहेको जानकारी दिएका छन् । “कृषकको सुन्तला बोटबाट ३० प्रतिशत भन्दा बढी सुन्तला झरेको छ, कृषकले विभिन्न समयमा आवश्यक औषधीहरु तथा गोडमेलमा ध्यान नदिदाँ, काटछाट नगर्दा हागाँ सुक्ने समस्या देखिएको छ”, उनले भने । यो रोगलाई आगामीबर्षमा नियन्त्रणका लागि फागुन चैतमा आकस्मीक बाली संरक्षण कार्यक्रम अन्तरगत औसा किरा ब्यवस्थापनको लागि तालिम र सामाग्री कृषकलाई उपलब्ध गराउने योजना केन्द्रको रहेको छ ।
विक्रि गर्नको लागि बजारको बन्दोबस्त मिलाउँदै गरेका सुन्तला झर्ने समस्या महामारीकै रुपमा देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत रहेको सुन्तला जोन सञ्चालक समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिए । म्याग्दीको बेनी नगरपालिका सहित, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा बोटबाटै अस्वभाविक रुपमा सुन्तला झर्ने र हागाँ सुक्ने समस्या देखिएको छ।