सिन्धुपाल्चोक- नेपालमा नयाँ संविधान जारी भएसँगै बनेको केपी ओली नेतृत्वको तत्कालीन सरकारले नेपालसँग सीमा जोडिएको उत्तरी नाका खोल्न विशेष पहल गर्यो । सोही अनुरूप नेपाल र चीन सरकारबीच चिनियाँ बन्दरगाह भएर तेस्रो मुलुकबाट समेत सामान आयात र निर्यात गर्न पाउने गरी पारवहन सम्झौता भयो ।
सम्झौतासँगै नेपाल भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रूपान्तरण भएको घोषणा समेत भयो । गत वर्ष नेपाल भ्रमणका चिनियाँ राष्ट्रपति सी चिनफिङले समेत नेपाललाई भूजडित मुलुक बनाउने घोषणा गरेका थिए । व्यवहारमा भने त्यस्तो देखिएन । तेस्रो मुलुकबाट सामान आउने कुरा त धेरै परको, नेपाललाई सीमावर्ती चिनियाँ बजारबाट समेत सामान ल्याउन सहज भएको छैन ।




