म्याग्दी १२ मंसिर। जनशक्ति अभावमा म्याग्दीको बेनी अस्पतालमा संचालन गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा आउन सकेको छैन् । गण्डकी प्रदेश सरकार मार्फत अस्पतालमा दुई वटा भेण्टिलेटर सहित पाँच शैयाको आइसियू कक्ष स्थापना भएपनि जनशक्ति अभावमा थन्किएको छ।
गम्भिर विरामीको उपचारमा प्रयोग गर्ने आइसियू कक्ष जनशक्तिको अभाबमा चार महिनासम्म नियमित रुपमा सञ्चालनमा आउन नसकेको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । आइसियू कक्ष नियमित रुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आबश्यक पर्ने भएपनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर अमृत अधिकारीले बताए । ‘‘आइसियू कक्ष नियमित सञ्चालन नहुनुमा जनशक्तिको अभाब, मेडिसिन, एनएसथीसिया संगै मेडिकल डाक्टर र स्टाफ नर्सहरुको समेत बन्दोबस्त मिलाउनुपर्छ, तत्कालको लागि मेडिकल डाक्टर र स्टार्फ नर्सहरुको ब्यवस्थापन नहुदाँ अन्य जनशक्ति थप गर्नुको विकल्प नरहेको बताए ।
आकस्मीक रुपमा छोटो समयको लागि भेण्टिलेटर सहितको आइसियू कक्षमा विरामीको उपचार गर्न सकिने भएपनि नियमित सेवा सुचारु गर्न स्वास्थ्यकर्मीहरुको जनशक्तिले सेवा दिन सम्भव नरहेको निमित्त प्रमुख डाक्टर अधिकारीले जानकारी गराए । कोरोनाका विरामीहरुको आईसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले जनशक्ति व्यवस्थापन गर्न जरुरी छ । बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् ।
भेण्टिलेटर सहितको आइसियुकक्ष बनाउने प्रदेश सरकारको निर्णय बमोजिम म्याग्दीमा गत असारभित्रै दुई भेण्टिलेटर र ५ बेडको आइसियू मेसिन तथा उपकरण र सामाग्रीको खरिद गरि जडान समेत भएको थियो । प्रदेश सरकार मार्फत रु १ करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्र मार्फत रु १ करोड २५ लाखमा आइसियू र भेण्टिलेटरको उपकरण र सामाग्री खरिद गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने । ५० बेड क्षमतामा सञ्चालित यस अस्पतालको भवन निर्माणधिन अबस्थामा रहेकाले तत्काल स्वास्थ्य कार्यालयको भुईतलाको कोठामा आइसियुकक्षको सेवा दिने गरि व्यवस्थापन मिलाईएको भएपनि प्रदेश सरकार र विभागले आबश्यक जनशक्ति नपठाएको अध्यक्ष कटुवालले जानकारी दिए । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा भेण्टिलेटर सहितको आईसीयूको आबश्यकता थप बढेको छ, नियमित रुपमा सेवा सुचारु गर्न नसक्दा अहिले जटिल विरामीहरुलाई हेलिकप्टर मार्फत पोखरा, काठमाण्डौ अस्पताले पठाउदै आएको छ ।
दरबन्दी अनुसारको जनशक्ति नहुँदा एउटै व्यक्तिले दोहोराएर डिउटी गर्नुपर्ने बाध्यता आएको छ । अस्पतालमा १ जना मेडिकल सुपरीटेन्डेन्ट, ८ जना बिशेषज्ञ र २ जना मेडिकल डाक्टरहरुको दरबन्दि रित्त रहेको छ । अस्पतालमा अहिले लोकसेवाबाट दुई जना मेडिकल अधिकृत, एक जना डेन्टल अधिकृत, एनएसआइएको तर्फबाट एक जना र करारमा पाँच जना गरि ९ जना डाक्टरहरु कार्यरत रहेका छन्
समुदाय स्तरमै कोरोनाको संक्रमण फैलदै गएपछि बेनी अस्पतालमा आइसियू र भेण्टिलेटर सहितको सेवा सूचारु गर्न थप दबाब बढेको छ । अस्पतालमा आइसीयू र भेण्टिलेटरका उपकरण प्रयोगविहिन बन्ने र अर्कोतर्फ गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाण्डौं पु¥याउनुपर्ने बाध्यता सिर्जना भैसकेको छ । आइसियू सञ्चालन नहुँदा यसै साता मात्रै गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाण्डौं पु¥याइएको थियो ।
पछिल्लो समय बेनीमा लक्षण सहितका कोरोना संक्रमित बढ्दै गएकाले भेण्टिलेटर सहितको आइसियू सेवाको थप आवश्यकता बढेको छ ।




